ग्लोबल


गाजामा इजरायलले गरेको आक्रमणमा मारिए पाँच पत्रकार

गाजामा इजरायलले गरेको आक्रमणमा मारिए पाँच पत्रकार

नेपालखबर
भदौ ९, २०८२ सोमबार २०:२१, काठमाडौँ

सोमबार इजरायलले दक्षिणी गाजा पट्टीको एक अस्पतालमा गरेको आक्रमणमा मारिएका २० जनामा पाँच पत्रकार पनि परेका छन्। 

-रोयटर्सका लागि काम गर्ने क्यामेराम्यान हुसम अल-मसरीको मृत्यु अस्पतालमा भएको पहिलो आक्रमणमा भएको थियो। समाचार एजेन्सीले यसको पुष्टि गरेको छ।

-मरियम डग्गा एक स्वतन्त्र पत्रकार थिइन् र एसोसिएटेड प्रेस (एपी) मा काम गर्थिन्।

-मोहम्मद सलामा अल जजिरा र मिडिल इस्ट आइसँग सम्बन्धित थिए।

-अहमद अबु अजिज मिडिल इस्ट आईका लागि फ्रिलान्सरका रूपमा काम गर्थे र खान युनिसमा बस्थे।

-मुआथ अबु ताहा कुन संस्थासँग सम्बन्धित थिए भन्ने कुरा अझै पुष्टि भएको छैन। अमेरिकी टीभी नेटवर्क एनबीसीले ताहाले आफूसँग काम नगरेको बताएको छ, तर प्रारम्भिक रिपोर्टमा उनको नाम एनबीसीसँग जोडिएको थियो।

फोरेन प्रेस एसोसिएसनले यस विषयमा इजरायली सेना र प्रधानमन्त्री कार्यालयबाट तत्काल स्पष्टीकरण माग गरेको छ।

एसोसिएसनले विज्ञप्ति जारी गरी भनेको छ, ‘गाजा युद्ध सुरु भएदेखि अन्तर्राष्ट्रिय मिडियाका लागि काम गर्ने पत्रकारहरूमाथि यो सबैभन्दा घातक इजरायली आक्रमणमध्ये एक हो।’

इजरायल रक्षा बल (आईडीएफ) ले भने जवाफमा ‘पत्रकारहरूलाई निसाना नबनाइने’ दाबी गरेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad