ग्लोबल


जम्मु-कश्मीरमा बाढी-पहिरो: मृतकको संख्या ३० पुग्यो

जम्मु-कश्मीरमा बाढी-पहिरो: मृतकको संख्या ३० पुग्यो

बाढी-पहिरोग्रस्त जम्मु क्षेत्रमा उद्धार जारी छ।


नेपालखबर
भदौ ११, २०८२ बुधबार ७:४१, काठमाडौँ

जम्मुको कटरास्थित वैष्णोदेवी धाममा मंगलबार अर्धकुमारीनजिकै गएको पहिरोमा परी मृत्यु भएकाको संख्या ३० पुगेको छ।

एसएसपी रियासी परमवीर सिंहले बुधबार उक्त जानकारी दिएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

जम्मुमा बाढी-पहिरोग्रस्त क्षेत्रमा उद्धार जारी छ।

उद्धार जारी छ। यसैबीच खराब मौसमका कारण वैष्णोदेवी यात्रा स्थगन गरिएको छ।

त्यहाँ मंगलबार जम्मुको तावी नदीमा रहेको पुलनजिकैको सडक बाढीले बगाएको थियो। जहाँ धेरै सवारीसाधन फसेका थिए।

भारी वर्षाका मंगलबार जम्मु-कश्मीरको डोडा जिल्लाका धेरै ठाउँमा अचानक बाढी आएको थियो। बाढीले १० देखि १५ घर बगाएको बताइएको छ। 

जम्मु-कश्मीरमा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ। जम्मु-श्रीनगर र बटोट-किस्तवारलगायत धेरैवटा सडक र राजमार्ग बन्द भएका छन्।

आज (बुधबार) सबै विद्यालय, कलेज र सरकारी कार्यालय बन्द गरिएका छन्। जम्मु विमानस्थल पनि बन्द गरिएको छ। नेटवर्कको अभावले फोन लागिरहेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad