ग्लोबल


जम्मु-कश्मीरमा वर्षाले विध्वंश, मृतकको संख्या ४१ पुग्यो

जम्मु-कश्मीरमा वर्षाले विध्वंश, मृतकको संख्या ४१ पुग्यो

नेपालखबर
भदौ १२, २०८२ बिहिबार ८:३, काठमाडौँ

जम्मु कश्मीरसहित उत्तर भारतमा वर्षाले उत्पात मच्चाएको छ। 

भारतको मौसम विभागका अनुसार मंगलबार र बुधबारबीचमा जम्मुमा भएको वर्षाले ११५ वर्षयताको रेकर्ड तोडेको छ। यस अवधिमा लगभग २९६ मिलिमिटर वर्षा भएको छ।

वर्षाका कारण सबैभन्दा बढी मृत्यु अन्य राज्यबाट वैष्णोदेवीको दर्शन गर्न आएका भक्तजनहरूको भएको छ। 

बाढी-पहिरोका कारण हालसम्म जम्मु कश्मीरमा मृत्यु भएकाको संख्या ४१ पुगेको भारतीय सञ्चारमाध्यम हिन्दुस्तानले जनाएको छ।

तीमध्ये ३४ जनाको मृत्यु वैष्णोदेवी जाने बाटोमा अर्धकुमारी नजिकै पहिरो जाँदा भएको हो।

त्यस पहिरोमा परी २८ जना घाइते पनि भएका छन् भने धेरैजना अझै बेपत्ता छन्।

रेल सेवा बन्द गरिएका कारण भएपछि मध्य प्रदेश, उत्तर प्रदेशलगायत उत्तर भारतका विभिन्न राज्यका भक्तजन जम्मु कश्मीरमा अड्किएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad