प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमुद अब्बासले अर्को महिना न्युयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभा बैठकमा भाग लिन नपाउने भएका छन्।
अमेरिकाको विदेश मन्त्रालयले उनको र अन्य ८० प्यालेस्टिनी अधिकारीको भिसा रद्द गरिएको पुष्टि गरेको छ।
अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले उनीहरूले शान्तिका लागि भइरहेका प्रयास कमजोर बनाएको र 'काल्पनिक प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता' माग गरेको आरोप लगाएका छन्।
इजरायलले अमेरिकाको यो निर्णयको स्वागत गरेको छ।
यो कदमलाई असामान्य मानिएको छ, किनकि सामान्यतया अमेरिकाले संयुक्त राष्ट्र संघको मुख्यालयमा भ्रमण गर्ने सबै देशका अधिकारीको यात्रालाई सहज बनाउने र यसका लागि उनीहरूलाई सुविधा प्रदान गर्ने अपेक्षा गरिन्छ।
यो प्रतिबन्ध त्यस्तो समयमा लगाइएको हो, जतिबेला फ्रान्सले संयुक्त राष्ट्र संघको सत्रमा प्यालेस्टाइनलाई स्वतन्त्र देशका रूपमा मान्यता दिन अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गरिरहेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फ्रान्सको यो कदमको विरोध गरिरहेको छ।
Shares

प्रतिक्रिया