ग्लोबल


युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबीको हत्या

युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबीको हत्या

युक्रेनका पूर्वसभामुख एन्ड्री पारुबी


नेपालखबर
भदौ १५, २०८२ आइतबार ५:४५, काठमाडौँ

युक्रेनी संसद्‌का पूर्वसभामुख तथा नेता एन्ड्री पारुबीको हत्या गरिएको छ।

युक्रेनी अधिकारीहरूका अनुसार शनिबार पश्चिमी युक्रेनको ल्विभमा सहरमा गोली हानी उनको हत्या गरिएको हो। 

ई-बाइकमा आएका एक आक्रमणकारीले पारुबीमाथि धेरै गोली प्रहार गरेर भागेको बताइएको छ। 

५४ वर्षीय पारुबी २०१४ को आन्दोलनमा एक प्रमुख नेता बनेर उदाएका थिए। युरोपेली संघसँग घनिष्ठ सम्बन्धको वकालत गरेको आन्दोलनका कारण तत्कालीन रुस-समर्थक राष्ट्रपति भिक्टर यानुकोभिचले सत्ता त्याग्नुपरेको थियो। 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले घटनालाई ‘क्रूर हत्या’ भन्दै शोक सन्देश जारी गरेका छन्। उनले पारुबीको परिवार र समर्थकहरूप्रति समवेदना व्यक्त गरेका छन्। 

घटनाबारे राष्ट्रिय प्रहरी, ल्विभ क्षेत्रीय प्रहरी र सुरक्षा सेवाले अनुसन्धान सुरु गरेका छन्। हत्याको कारण खुलेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad