हमासले गाजामा आफ्ना सैन्य प्रमुख मोहम्मद सिनवार मारिएको पुष्टि गरेको छ।
केही महिनाअघि इजरायलले मे महिनामा सिनवार मारिएको दाबी गरेको थियो।
समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले उनी मारिएको जानकारी त दिएको छैन, तर सिनवारसहित अन्य नेताहरूको तस्बिर जारी गर्दै उनीहरूलाई ‘सहिद’ भनेको छ।
रिपोर्टअनुसार, मोहम्मद सिनवार हमासका शीर्ष नेता याह्या सिनवारका कान्छा भाइ थिए। इजरायलले ७ अक्टोबर २०२३ मा इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकार याह्या सिनवार भएको बताइरहेको छ।
हमासको त्यो आक्रमणमा १२०० जना मारिएका थिए भने २५१ जनालाई गाजामा लगेर बन्धक बनाइएको थियो।
यसलगत्तै इजरायलले गाजामा जवाफी हमला सुरु गरेको थियो। जसमा अहिलेसम्म ६० हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको हमासको भनाइ छ।
दाइ याह्याको मृत्युपछि मोहम्मद सिनवारलाई संगठनको उच्च पदमा पदोन्नति गरिएको थियो। अब उनी पनि मारिएको हमासले पुष्टि गरेको छ।
Shares

प्रतिक्रिया