अफगानिस्तानमा आइतबार राति गएको भूकम्पका कारण ८०० भन्दा बढीको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन्। मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।
यसैबीच भारतले अफगानिस्तानका भूकम्पपीडितका लागि राहत सामग्री पठाएको छ।
भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयस्वालले सोमबार भूकम्पपीडित १००० परिवारका लागि पाल अफगानिस्तान पठाइएको बताए।
साथै भारतीय मिसनले भूकम्पलगत्तै काबुल (अफगानिस्तानको राजधानी) बाट कुनार (भूकम्प गएको क्षेत्र) मा १५ टन खाद्यान्न सामग्री पठाएको उनले जानकारी दिए।
भारतका विदेशमन्त्रीले मंगलबार भारतबाट अफगानिस्तानमा थप राहत सामग्री पठाइने पनि बताए।
उनले भने, ‘भारत यो कठिन समयमा अफगानिस्तानको साथमा उभिएको छ।’
69
Shares

प्रतिक्रिया