उत्तर कोरियाका नेता किम जोङ उन मंगलबार छोरीसहित चीन पुगेका छन्।
आफ्नो बख्तरबन्द रेल चढेर उत्तर कोरियाको राजधानी प्योङयाङबाट सोमबार साँझ प्रस्थान गरेका किम मंगलबार साँझ चीनको राजधानी बेइजिङ पुगेका हुन्।

किम बुधबार आयोजना हुने 'विजय दिवस' परेडमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत विश्वका नेताहरूसँग देखिनेछन्।

उक्त सैन्य परेड समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनेछन्।
909
Shares

प्रतिक्रिया