उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले बुधबार चीनको राजधानी बेइजिङमा रुसका राष्ट्रपति पुटिनसँग भेटवार्ता गरे।
डेली मेलका अनुसार, यो भेटपछि किम जोङका गार्डहरूले उनले प्रयोग गरेको गिलास आफूसँगै लगे। अनि किम बसेका कुर्सी र टेबललाई पनि सावधानीपूर्वक सफा गरे।
रुसी पत्रकार अलेक्ज्यान्डर युनासेभका अनुसार बैठकपछि कुर्सी, टेबल र वरपरका सामान यसरी सफा गरिएको थियो कि किमका कुनै निसान बाँकी रहेनन्।
विज्ञहरूको अनुमानअनुसार यो रुस वा चीनको जासुसीबाट बच्न गरिएको प्रयास हुन सक्छ वा किम आफ्नो स्वास्थ्य जानकारी लुकाउन चाहन्छन्।
औँलाको छाप, दिसा र पिसाबबाट कुनै पनि नेताको डीएनए रस्वास्थ्यसँग सम्बन्धित गोप्य जानकारी पत्ता लगाउन सकिन्छ।
The staff accompanying the North Korean leader meticulously erased all traces of Kim's presence.
They took the glass he drank from, wiped down the chair's upholstery, and cleaned the parts of the furniture the Korean leader had touched. pic.twitter.com/JOXVxg04Ym — Russian Market (@runews) September 3, 2025
Shares

प्रतिक्रिया