ग्लोबल


रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय राख्ने ट्रम्पको चाहना

रक्षा मन्त्रालयको नाम युद्ध मन्त्रालय राख्ने ट्रम्पको चाहना

नेपालखबर
भदौ २०, २०८२ शुक्रबार ७:३९, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार एक आदेशमा हस्ताक्षर गर्दै छन्।

यसमार्फत उनी डिपार्टमेन्ट अफ डिफेन्स (रक्षा विभाग) को नाम परिवर्तन गरी डिपार्टमेन्ट अफ वार (युद्ध विभाग)राख्न चाहन्छन्।

यो कदमले मानिसहरूलाई अमेरिकी सेनाको शक्ति र दृढताबारे जानकारी दिने ट्रम्पको भनाइ छ। 

तर मन्त्रालय (विभाग) को नाम आधिकारिक रूपमा परिवर्तन गर्न अमेरिकी संसद् (कंग्रेस) बाट कानुन पारित गर्नु आवश्यक छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकाको रक्षा विभागलाई १९४९ सम्म 'युद्ध विभाग' नै भनिन्थ्यो।

दोस्रो विश्वयुद्धपछि अमेरिकी कंग्रेसले सेना, नौसेना र वायुसेनालाई एकसाथ ल्याएर नयाँ संरचना सिर्जना गर्‍यो।

इतिहासकारहरूका अनुसार, त्यस समयमा यसको नाम परिवर्तन गर्नुको प्रमुख कारण आणविक युगमा अमेरिका यसको उद्देश्य युद्ध गर्नु होइन, रोक्नु हो भन्ने सन्देश दिन चाहन्थ्यो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad