ग्लोबल


पत्नीसहित ट्रम्प बेलायतमा, राजाले गरे भव्य स्वागत

पत्नीसहित ट्रम्प बेलायतमा, राजाले गरे भव्य स्वागत

नेपालखबर
असोज २, २०८२ बिहिबार ६:२०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प पत्नी मेलानिया ट्रम्पसहित बुधबार बेलायत पुगेका छन्। 

उनलाई बेलायतका राजा चार्ल्स तृतीय, रानी क्यामिलालगायतले भव्य स्वागत गरे।

ट्रम्पको सम्मानमा रथयात्रा निकालिएको थियो र उनलाई गार्ड अफ अनर दिइएको छ। 

रथयात्राका क्रममा राजा चार्ल्स तृतीय र ट्रम्प एउटै रथमा सवार थिए भने मेलानिया ट्रम्प रानी क्यामिलासँगै अर्को रथमा थिइन्।

एकातिर विन्डसरमा ट्रम्पको भव्य स्वागत गरियो भने अर्कातर्फ मध्य लन्डनमा उनविरुद्ध प्रदर्शन सुरु भयो।

बीबीसीका अनुसार यो विरोध प्रदर्शन जलवायु, जातिवाद विरोधी र प्यालेस्टिनी समर्थक कार्यकर्तासहित ५० भन्दा बढी संस्थाहरूको समूह स्टप ट्रम्प युके कोएलिसनले आयोजना गरेको थियो।

भ्रमणका क्रममा ट्रम्प महारानी एलिजाबेथ द्वितीयप्रति श्रद्धाञ्जली अर्पण गर्न सेन्ट जर्जको चैपल पुगे।

त्यसपछि ट्रम्प राजा चार्ल्स तृतीय र प्रधानमन्त्री केयर स्टारमरसँग विन्डसर क्यासलको पूर्वी लनमा विशेष सैन्य संगीत प्रस्तुति हेर्न पुगे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad