नेटोले एस्टोनियाली हवाई क्षेत्र उल्लङ्घन गर्ने तीन रुसी लडाकु विमानहरूलाई रोकिएको बताएको छ।
एस्टोनियाली विदेश मन्त्रालयले घुसपैठको निन्दा गर्दै यसलाई लापरबाही कार्य भनेको छ।
मन्त्रालयले भनेको छ- तीन रुसी मिग-३१ लडाकु विमान अनुमतिबिना एस्टोनियाली हवाई क्षेत्रमा प्रवेश गरे र शुक्रबार फिनल्यान्डको खाडीमाथि कुल १२ मिनेट उडान गरे।
नेटोका प्रवक्ता एलिसन हार्टले सैन्य गठबन्धनले छिटो प्रतिक्रिया दिएको र रुसी विमान रोकेेको बताएका छन्।
नेटोले भनेको छ- यो रुसको लापरबाही व्यवहार र तत्काल कारबाही गर्ने नेटोको क्षमताको अर्को उदाहरण हो।
रुसी सेनाले भने अहिलेसम्म यस विषयमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।
690
Shares

प्रतिक्रिया