बेलायतका प्रधानमन्त्री कियर स्टारमरले आइतबार प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिने घोषणा गरेका छन्।
यसअघि क्यानडा प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिने पहिलो जी-७ देश बनिसकेको छ भने अस्ट्रेलियाले पनि प्यालेस्टाइनलाई मान्यता दिएको छ।
यो घोषणा गर्दै कियर स्टारमरले भने, ‘आज प्यालेस्टिनी र इजरायली जनताका लागि शान्ति र दुई-राज्य समाधानको आशा जीवित राख्न संयुक्त अधिराज्यले औपचारिक रूपमा प्यालेस्टाइनलाई देशका रूपमा मान्यता दिएको छ।’
गत जुलाईमा स्टारमरले इजरायलले गाजामा युद्धविराम, शान्ति सम्झौता र दुई-राष्ट्र समाधानसम्बन्धी सर्तमा सहमत भएन भने बेलायतले सेप्टेम्बरमा आफ्नो अडान उल्टाउने चेतावनी दिएका थिए।
बेलायतको यो कदमविरुद्ध इजरायली सरकार, बन्धकका परिवार र केही कन्जरभेटिभ राजनीतिकर्मीले कडा आलोचना गरेका छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यसअघि नै भनेका थिए, ‘यस्तो कदमले आतंकवादलाई पुरस्कार हुनेछ।’
Shares

प्रतिक्रिया