मंगलबार राति फिलिपिन्समा गएको ६.९ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या ६९ पुगेको छ।
अधिकारीहरूका अनुसार, सबैभन्दा धेरै मृत्यु बोगो सहरमा ३० जनाको भएको छ।
यसपछि सान रेमिगियोमा २२, मेडेलिनमा १०, टुबोगोनमा ५ र सोगोड र ताबुएलानमा एक-एक जनाको मृत्यु भएको छ।
कति जना बेपत्ता छन् भन्ने अझै स्पष्ट छैन। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेकाहरूको खोजी गरिरहेका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्रबिन्दु सेबु प्रान्तको बोगो सहरबाट करिब १९ किलोमिटर उत्तरपूर्वमा थियो, जसको गहिराइ लगभग १० किलोमिटर थियो।
सुरुमा सुनामी चेतावनी जारी गरिएको थियो, तर पछि हटाइएको छ।
भूकम्प गएको क्षेत्रमा उद्धार टोली तैनाथ छन् र स्थानीय अधिकारीहरूले मानिसहरूलाई सतर्क रहन आग्रह गरेका छन्।
81
Shares

प्रतिक्रिया