जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या मुद्दा लागेका तात्सुया यामागामीले सोमबार अपराध स्वीकार गरेका छन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार ४५ वर्षीय यामागामीले टोकियोको एक अदालतमा सोमबार भने, ‘सबै कुरा सत्य हो।’
यामागामीविरुद्ध हत्याका साथै बन्दुक नियन्त्रण कानुन उल्लंघनको अभियोग पनि लगाइएको छ।
उनले सन् २०२२ मा नारा सहरमा राजनीतिक कार्यक्रमका क्रममा जापानका पूर्वप्रधानमन्त्री आबेलाई घरमै बनाएको बन्दुकबाट गोली हानेका थिए।
धेरैवटा गोली लागेका आबेको त्यही दिन अस्पतालमा मृत्यु भएको थियो।
837
Shares

प्रतिक्रिया