युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले स्लोभियान्स्क थर्मल पावर प्लान्टमा रुसले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको र धेरै जना घाइते भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल प्लेटफर्ममा लेखेका छन्, 'यो स्पष्ट रूपमा आतंकवाद हो। सामान्य मानिसहरूले यसरी युद्ध गर्दैनन्। संसारले यो रुसी आक्रमणको उचित जवाफ दिनुपर्छ।'
हालै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताको सम्भावना व्यक्त गरेका थिए। उनले युक्रेन युद्ध अन्त्य गर्न वार्ता गर्न सकिने बताएका थिए।
यद्यपि, यो बैठक पछि रद्द गरिएको थियो। युक्रेनले पुटिन-ट्रम्प वार्ता स्थगन भएदेखि रुसका आक्रमण तीव्र भएको आरोप लगाएको छ।
120
Shares

प्रतिक्रिया