ग्लोबल


हमासबाट प्राप्त तीन बन्धकका शव इजरायलद्वारा पुष्टि

हमासबाट प्राप्त तीन बन्धकका शव इजरायलद्वारा पुष्टि

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ७:५, काठमाडौँ

इजरायलले तीन बन्धकहरूको शव प्राप्त भएको पुष्टि गरेको छ। यी शवहरू गाजामा रेडक्रसमार्फत हमासले उनीहरूलाई हस्तान्तरण गरेको थियो।

फोरेन्सिक परीक्षणबाट शव इजरायली सैनिक कर्नल असाफ हमामी (४०), क्याप्टेन ओमर न्युट्रा (२१) र स्टाफ सार्जेन्ट ओज डेनियल (१९) का भएको पुष्टि भएको हो। यो जानकारी इजरायली प्रधानमन्त्री कार्यालयले प्रदान गरेको हो।

बीबीसीका अनुसार आठ इजरायली र विदेशी बन्धकहरूको शव अझै पनि गाजामा रहेको रिपोर्ट गरिएको छ।

अमेरिकी मध्यस्थतामा लगभग तीन हप्ताअघि लागु युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत हमासले आफ्नो हिरासतमा रहेका २० जीवित र २८ मृत बन्धक फिर्ता गर्न सहमति जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad