ग्लोबल


पाकिस्तानले गाजामा सेना पठाउन लागेको हो?

पाकिस्तानले गाजामा सेना पठाउन लागेको हो?

नेपालखबर
कात्तिक १८, २०८२ मंगलबार ९:१६, काठमाडौँ

पाकिस्तानले गाजामा सेना पठाउने चर्चा भइरहेको छ।

बीबीसी उर्दुका अनुसार, यससम्बन्धी एक प्रश्नको जवाफमा पाकिस्तानका सैन्य प्रवक्ता अहमद सरिफले भने, 'कुन ढाँचा अन्तर्गत सेना पठाउने भन्ने निर्णय सरकारले गर्ने हो।'

शान्ति सम्झौताको एक भागका रूपमा पाकिस्तानले गाजामा सेना पठाउने कि नपठाउने भन्नेबारे सञ्चारमाध्यममा बहस भइरहेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको २० बुँदे शान्ति योजनाले गाजामा स्थिरता र शान्ति कायम राख्न सुरक्षा बल उपलब्ध गराउन अरब देशहरू र सहयोगीहरूलाई अपिल गरेको छ।

यी देशहरूले जोर्डन र इजिप्टसँग परामर्श गरेर गाजामा प्यालेस्टिनी प्रहरीलाई तालिम र सहयोग गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad