ग्लोबल


पेरुमा ट्रकसँग ठोकिँदै बस नदीतिर खस्दा ३७ जनाको मृत्यु, दुवै चालक बाँच्न सफल

पेरुमा ट्रकसँग ठोकिँदै बस नदीतिर खस्दा ३७ जनाको मृत्यु, दुवै चालक बाँच्न सफल

नेपालखबर
कात्तिक २७, २०८२ बिहिबार १२:२६, काठमाडौँ

पेरुमा बस २०० मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।

६० जना सवार बस बुधबार बिहान पेरुलाई चिलीसँग जोड्ने पान-अमेरिकन राजमार्गमा दुर्घटना भएको हो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार बस मोडमा पिकअप ट्रकसँग ठोकिँदै ओकोना नदीतिर खसेको हो।

दुवैका गाडीका चालक भने बाँच्न सफल भएका छन्। 

ओकोना जिल्लाका मेयर वाल्डोर लेरेनाले रेडियो स्टेसन आरपीपीलाई बताएअनुसार दुर्घटनास्थल वरपरको भूभाग "धेरै उबडखाबड" छ र यस क्षेत्रमा पहिले पनि धेरै दुर्घटना भएका छन्।

पेरुमा बस दुर्घटना सामान्य मानिन्छ। विशेष गरी राति र पहाडी सडकमा।

खराब सडक, तीव्र गति र सुरक्षा संकेतको अभाव प्रायः दुर्घटनाका कारण हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad