यसपालिका चुनाव लालु यादवका पुत्र तेजस्वी यादवका लागि अफापसिद्ध भएको छ। २०२० मा ७५ सिट जितेर सबैभन्दा ठूलो दल बनेको आरजेडी यसपटक एक तिहाइमा सिटमा खुम्चिने स्थिति आएको छ।
उस्तै परे आरजेडीले विपक्षी दलको मान्यता पनि गुमाउने सम्भावना छ।
किनकि पछिल्लो नतिजाअनुसार २५ सिटमा मात्र यो दल अगाडि छ। बिहारमा विपक्षी दल हुन २५ सिट जित्नै पर्छ।
सिट अझै घट्ने हो भने उसको कठिनाइ झनै बढ्नेछ।
आरजेडीका लागि सबैभन्दा सुरक्षित मानिएको सिटमै तेजस्वी यादव एक पटक पछि परेका थिए। १६ औँ चरणको मतगणनापछि रोघोवपुर सिटमा यादव ९ हजार मतले पछि परेका थिए। तर उनले आफ्नो अग्रता पुन कायम गरेका छन्।
२०१० मा पनि यो दलले मात्र २२ सिट जितेको थियो।
खराब प्रदर्शनका बाबजुद सबैभन्दा बढी मत आरजेडीले पाउने आकलन भइरहेको छ। एजेन्सी
651
Shares

प्रतिक्रिया