ग्लोबल


अब बिहारको मुख्यमन्त्री को?

अब बिहारको मुख्यमन्त्री को?

नेपालखबर
कात्तिक २८, २०८२ शुक्रबार १७:१४,

एनडीए गठबन्धनले २ सयभन्दा बढी सिटमा जित सुनिश्चित गरेसँगै बिहारमा अब मुख्यमन्त्री को बन्ला भन्ने उत्सुकता बढेको छ।

लामो समयदेखि गठबन्धन फेर्दै नितिश कुमार बिहारको मुख्यमन्त्री पदमा छन्। मतदाताले अत्यधिक मत दिएर उनलाई अनुमोदन गरे पनि नितिशको कार्यक्षमतामाथि प्रश्न उठिरहेको छ।

गृहमन्त्री अमित शाहलगायत भाजपा नेताहरूले अबको मुख्यमन्त्री पनि नितिश नै हुने बताउँदै आएका छन्।

तर, नितिशलाई मुख्यमन्त्रीका रुपमा अघि सारेर एनडीए चुनावमा गएको होइन। सम्भवतः नितिश बदनाम भएको र उनलाई अघि सार्दा मत घट्ने आकलनका साथ यस पटक एनडीएले चुनावअघि मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको थिएन।

हुन पनि पछिल्लो दुई दशकको अधिकांश समय नितिश नै मुख्यमन्त्रीको कुर्सीमा छन्। 

नतिजा घोषणा नहुँदै पटनामा नितिशका ठुल्ठूला पोस्टर पनि लगाइएको छ। जसमा ‘टाइगर अभी जिन्दा हे’, ‘२५ से ३०, फिर से नितिश’ जस्ता नारा लेखिएका छन्।

तथापि, नितिश फेरि मुख्यमन्त्री हुनेमा सन्देह कायम छ। 

गत शुक्रबार उनको जनता दल युनाइटेडको एक्स ह्यान्डलमा एउटा ट्विट पोस्ट भएको थियो, ‘भूत न भविष्य, नितिश कुमार बिहारका मुख्यमन्त्री थिए, छन् र रहनेछन्।’

तर, लगत्तै त्यो पोस्ट डिलिट गरियो। यसले आगामी मुख्यमन्त्री नितिश नै बन्नेमा अझै सन्देह थपेको छ। एजेन्सी 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad