कार बम विस्फोटपछि बन्द गरिएको दिल्लीस्थित लालकिल्ला मेट्रो स्टेसन आजदेखि पूर्ण रूपमा खोलिएको छ।
गत सोमबार (नोभेम्बर १०) साँझ १३ जनाको ज्यान जानेगरी भएको कार बम विस्फोटपछि बन्द गरिएको स्टेसन शनिबार गेट नम्बर २ र ३ खोलिएका थिए।
आज आइतबारदेखि भने सबै गेट खुला गरिएको दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी) ले जनाएको छ।
सोमबार साँझ लालकिल्ला मेट्रो स्टेसननजिकै कार बम विस्फोटमा परेकामध्ये अहिलेसम्म १३ जनाको मृत्यु भइसकेको छ भने २० जना घाइते भएका छन्।
भारत सरकारले 'आतंकवादी हमला' भनेको घटनाबारे अनुसन्धान जारी छ।
आक्रमणमा कम्तिमा आठ जनाको मृत्यु भएको छ र धेरै जना घाइते भएका छन्। सुरक्षा कारणले गर्दा रातो किल्ला मेट्रो स्टेशन पछि बन्द गरिएको थियो।
36
Shares

प्रतिक्रिया