ग्लोबल


अफगानिस्तानमा एक व्यक्तिलाई गोली हानेर मृत्युदण्ड

अफगानिस्तानमा एक व्यक्तिलाई गोली हानेर मृत्युदण्ड

नेपालखबर
मंसिर १७, २०८२ बुधबार २१:४०, काठमाडौँ

अफगानिस्तानको खोस्त प्रान्तमा एक व्यक्तिलाई रंगशालामा लगी ८० हजार मानिसका अगाडि गोली हानेर मृत्युदण्ड दिइएको छ।

अझ अचम्मको कुरा त के हो भने ती व्यक्तिमाथि १३ वर्षका बालकलाई गोली हान्न लगाइएको थियो। 

‘मंगलबार पूर्वी प्रान्त खोस्तमा तालिबानद्वारा गरिएको सार्वजनिक मृत्युदण्ड एक १३ वर्षीय बालकद्वारा गराइएको थियो’, स्थानीयलाई उद्धृत गर्दै अमु टीभीले रिपोर्ट गरेको छ। कारण ती व्यक्तिले उनै बालकको परिवारका सदस्यको हत्या गरेका थिए। 

त्यसो त मृत्युदण्ड दिनुअघि तालिबान अधिकारीहरूले ती १३ वर्षीय बालकलाई 'अभियुक्तलाई माफी दिन चाहन्छौ कि' भनेर सोधेका थिए। तर बालकले दिन्नँ भनेपछि उनलाई गोली हान्न भनिएको थियो।  

मर्ने र मार्ने नातेदार

तालिबानको सर्वोच्च अदालतका अनुसार मृत्युदण्ड दिइएका व्यक्तिको नाम मंगल खान हो। उनी अब्दुल रहमान नामका व्यक्तिको हत्यामा दोषी ठहरिएका थिए। 

खोस्त प्रहरी प्रवक्ता मुस्तगफिर गोरबाजका अनुसार मृत्युदण्ड पाउने र दिने नातेदार हुन्। 

मृत्युदण्ड दिनुभन्दा एक दिनअघि सोमबार नै तालिबानले मानिसहरूलाई यो घटना हेर्न खोस्तको केन्द्रीय रंगशालामा भेला हुन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad