अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रुसबीच जारी युद्ध अन्त्य गर्ने सम्झौता कार्यान्वयनतर्फ अघि बढिरहेको दाबी गरेका छन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा रहेका बेला ट्रम्पले रुस-युक्रेन युद्ध अन्त्यका लागि आफूले तयार पारेको शान्ति योजना अघि बढेको दाबी गरेका हुन्।
बीबीसका अनुसार ट्रम्पले भनेका छन्, ‘अमेरिका बलियो भएर फर्किएको छ। हामी विश्वभर शान्ति ल्याउँदै छौँ।’
‘हामीले आठ युद्ध समाधान गरिसकेका छौँ र हामी अर्को अन्त्य गर्ने सम्झौतातर्फ अघि बढिरहेका छौँ। आशा छ- रुस र युक्रेनबीचको युद्ध पनि अन्त्य गर्ने सम्झौता हुनेछ।’
तर बिहीबार साँझ भारत आइपुगेका पुटिनले भने युक्रेनले डोनबास क्षेत्र नछाडेसम्म सम्झौता नहुने चेतावनी दिएका छन्।
युक्रेन र रुसबीच चलिरहेको युद्ध चार वर्ष पूरा हुन लागेको छ।
अमेरिकी शान्ति योजनाबारे छलफल गरिरहेका ट्रम्पका वार्ताकारहरूले पुटिन युद्ध अन्त्य गर्ने मनसायमा रहेको दाबी गरिरहेका छन्।
Shares

प्रतिक्रिया