ग्लोबल


जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी

जापानमा शक्तिशाली भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी

जापानमा सोमबार रातिको भूकम्पले छरपस्ट भएका सामान। तस्बिर : अन्तर्राष्ट्रिय सञ्चारमाध्यम।


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार ८:४९, काठमाडौँ

सोमबार राति उत्तरपूर्वी जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा अहिलेसम्म कम्तीमा ३० जना घाइते भएका छन्। हजारौँ मानिस घर छाड्न बाध्य भएका छन्। 

जापानको मौसम विज्ञान एजेन्सीले स्थानीय समयअनुसार सोमबार राति १:१५ मा भूकम्प गएको जनाएको छ। यसको केन्द्रबिन्दु आओमोरी क्षेत्रको तटबाट लगभग ८० किलोमिटर टाढा, ५० किलोमिटर (३१ माइल) गहिराइमा थियो।

भूकम्पपछि देशमा सुनामी चेतावनी जारी गरिएको थियो, तर अहिले हटाइएको छ।

यद्यपि तटमा ७० सेन्टिमिटर (२७ इन्च) सम्मका अग्ला छाल उठेका थिए। केही रेल सेवा रोकिएका थिए र हजारौँ घरमा बिजुली विच्छेद भएको थियो। 

स्थानीय सञ्चारमाध्यमका अनुसार अधिकारीहरूले आगामी दिनमा अझ शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। त्यसैले मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन सल्लाह दिइएको छ।

जापानका प्रधानमन्त्री साने ताकाइची

जापानका प्रधानमन्त्री साने ताकाइचीले भनेकी छन्, ‘आफ्नो भूकम्प तयारीको पुन: जाँच गर्नुहोस् र भूकम्पको झट्का महसुस हुनासाथ तुरुन्त निस्किन तयार रहनुहोस्।’

समाचार एजेन्सी रोयटर्सका अनुसार लगभग ९० हजार मानिसलाई घर छाड्न आदेश दिइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad