ग्लोबल


जो सोमबार साँझ जम्मु-कश्मीरमा भएको भिडन्तमा मारिए

जो सोमबार साँझ जम्मु-कश्मीरमा भएको भिडन्तमा मारिए

जम्मु-कश्मीर प्रहरीको विशेष अपरेसन ग्रुप (एसओजी) का सिपाही अमजद पठान। जो सोमबार साँझ सशस्त्र समूहसँगको भिडन्तमा मारिए।


नेपालखबर
पुस १, २०८२ मंगलबार ७:३६, काठमाडौँ

सोमबार साँझ जम्मु-कश्मीरको उधमपुरमा सुरक्षाकर्मी र सशस्त्र समूहबीच भिडन्त हुँदा एक प्रहरीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार गोली हानाहान हुँदा जम्मु-कश्मीर प्रहरीको विशेष अपरेसन समूह (एसओजी) का सिपाही अमजद पठान गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा निधन भएको हो। 

जैस-ए-मोहम्मद (जेएम) का एक लडाकुलाई पनि गोली लागेको छ। तर उनको मृत्युको रिपोर्ट गरिएको छैन।

सुरक्षा बलले उधमपुरको माजलता क्षेत्रको सोन गाउँनजिकै सोमबार साँझ ६ बजे सशस्त्र समूहका तीन जना रहेको जानकारी प्राप्त भएको थियो। यसपछि जम्मु-कश्मीर प्रहरी, सेना र सीआरपीएफले खोजी अभियान सुरु गरे।

त्यस क्रममा दुवै तर्फबाट गोली हानाहान भएको हो। 

प्रारम्भिक भिडन्तमा सशस्त्र समूहका एक जना पनि घाइते भएको आशंका गरिएको छ। सोमबार रात परेपछि रोकिएको अपरेसन आज (मंगलबार) बिहान पुनः सुरु हुने बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad