ग्लोबल


युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप

युक्रेनले पुटिनको निवासमा ९१ ड्रोन प्रहार गरेको रुसको आरोप

नेपालखबर
पुस १५, २०८२ मंगलबार ६:३२, काठमाडौँ

रुसले सोमबार युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनको नोभगोरोडस्थित सरकारी निवासमा आक्रमण गर्ने प्रयास गरेको आरोप लगाएको छ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले डिसेम्बर २८ र २९ को राति ९१ ड्रोन प्रहार गरेको हो। तर त्यसलाई रुसको वायु रक्षा प्रणालीले विफल पारेको उनको भनाइ छ। 

लाभरोभले आक्रमणको बदला लिने चेतावनी पनि दिएका छन्। उनले आक्रमणलाई आतंकवादको संज्ञा दिएका छन्।

तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त आरोप पूर्ण रूपमा झुटो र बनावटी भएको बताएका छन्। 

उनले भनेका छन्, ‘रुस हामीमाथि आक्रमण गर्ने बहाना खोजिरहेको छ। यसको उद्देश्य किएभमा सरकारी भवनहरूमा आक्रमण गर्नु हो।’

यद्यपि आक्रमणको समयमा पुटिन आफ्नो नोभगोरोड निवासमा थिए कि थिएनन् भन्ने कुरा स्पष्ट छैन। आक्रमणको कुनै भिडिओ रुसले अहिलेसम्म जारी पनि गरेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad