स्विट्जरल्यान्डको क्रान्स मोन्टानास्थित अल्पाइन स्कि रिसोर्ट सहरमा रहेको कन्स्टेलेसन बारमा बिहीबार नयाँ वर्ष २०२६ मनाइरहेका बेला विस्फोट हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० व्यक्ति घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्विस प्रहरीलाई उद्धृत गर्दै विस्फोट स्थानीय समयअनुसार बिहीबार बिहान १:३० बजे भएको हो।
विस्फोटका बेला बारमा १०० भन्दा बढी मानिस उपस्थित रहेको त्यहाँको प्रहरीले जनाएको छ।
भिडिओ :
🚨🇨🇭 BREAKING: EXPLOSION AT CRANS-MONTANA NIGHTCLUB KILLS SEVERAL
A powerful explosion has ripped through a nightclub in Crans-Montana, Switzerland, killing multiple people and injuring others in the heart of New Year’s celebrations.
🔴 Blast struck during crowded festivities… pic.twitter.com/OxxxTelB3L — British Intel (@TheBritishIntel) January 1, 2026
प्रहरी र आपत्कालीन टोलीले घटनास्थलमा उद्धारका काम गरिरहेका छन्।
घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ।
विस्फोटको कारणबारे अनुसन्धान भइरहेको छ।
घटना भएको क्षेत्रलाई सिल गर्दै नो फ्लाई जोन घोषणा गरिएको छ।
घटनाअघि कन्स्टेलेसन बारका ३ तस्बिर :



Shares

प्रतिक्रिया