ग्लोबल


मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते

मेक्सिको भूकम्प अपडेट : कम्तीमा २ जनाको मृत्यु, १२ घाइते

नेपालखबर
पुस १९, २०८२ शनिबार १०:३१, काठमाडौँ

मेक्सिकोमा शुक्रबार ६.५ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा दुई जनाको मृत्यु भएको छ।

सञ्चारमाध्यम सीबीएसका अनुसार शुक्रबार साँझ मेक्सिकोको दक्षिणी र मध्य भागमा भूकम्पको धक्का महसुस गरिएको हो। 

जसमा परी गुरेरो राज्यमा ५० वर्षीया महिलाको मृत्यु भएको त्यहाँका गभर्नर एभलिन साल्गाडोले बताएका छन्। 

यसैगरी भूकम्पका कारण मेक्सिको सिटीमा ६० वर्षीय पुरुषको मृत्यु भएको त्यहाँकी मेयर क्लारा ब्रुगाडाले पुष्टि गरेकी छन्।

साथै उनले १२ जना घाइते भएको जानकारी पनि दिएकी छन्। 

भूकम्पको केन्द्रबिन्दु दक्षिणपश्चिमी राज्य गुरेरोको सान मार्कोस नजिकै थियो।

गुरेरो लोकप्रिय पर्यटकीय सहर अकापुल्कोनजिकै छ। 

शुक्रबारको भूकम्पपछि पनि परकम्प महसुस भइरहेको स्थानीयले बताएका छन्।

मेयर क्लारा ब्रुगाडाले स्थानीयलाई ‘शान्त रहन’ र ‘सधैँ लाइफ ज्याकेट तयार राख्न’ आग्रह गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad