अमेरिकाको मिनेसोटा राज्यस्थित मिनियापोलिस सहरमा एक अध्यागमन अधिकारीले एक महिलालाई गोली हानेका छन्।
बीबीसीका अनुसार गोली लागेर ३७ वर्षीया अमेरिकी नागरिक रेनी निकोल गुडको मृत्यु भएको छ।
गृह सुरक्षा विभाग (डीएसएस) ले भने ती महिलाले कारले ठोकाउन खोजेपछि अध्यागमन अधिकारी गोली चलाउन बाध्य भएको दाबी गरेको छ।
गृह सुरक्षा सचिव क्रिस्टी नोएमले भनिन्, ‘अधिकारीले आत्मरक्षामा गोली चलाएका थिए।’
यद्यपि मिनियापोलिसका मेयर ज्याकब फ्रेले संघीय अधिकारीहरूको यो भनाइमा प्रश्न उठाएका छन् र सहरबाट आईसीई एजेन्ट हटाउन आह्वान गरेका छन्।
मिनियापोलिसमा एक प्रमुख अध्यागमन प्रवर्तन अपरेसनका क्रममा यो घटना भएको हो।
मिनियापोलिस र नजिकैको सेन्ट पल क्षेत्रमा २ हजारभन्दा बढी एजेन्ट तैनाथ गरिएको छ।
786
Shares

प्रतिक्रिया