पाकिस्तानी सेनाको अन्तर-सेवा जनसम्पर्क विभाग (आईएसपीआर) ले उत्तरी अरब सागरमा ठुलो स्तरको अभ्यास क्रममा नौसेनाले सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण गरेको दाबी गरेको छ।
बीबीसी उर्दु सेवाका अनुसार, आईएसपीआरले विज्ञप्तिमा भनेको छ- ठाडो प्रक्षेपण प्रणालीबाट प्रहार गरिएको एलवाई-८०(एन) क्षेप्यास्त्रले आफ्नो लक्ष्यलाई सफलतापूर्वक नष्ट गरेको छ।
यद्यपि क्षेप्यास्त्रको घातकताबारे अहिलेसम्म कुनै जानकारी जारी गरिएको छैन।
अभ्यासका क्रममा मानवरहित हवाई यानको पनि सफलतापूर्वक परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ।
पाकिस्तानी सेनाले यसलाई स्वायत्त नौसेना प्रविधिमा महत्त्वपूर्ण प्रगति भनेको छ।
513
Shares

प्रतिक्रिया