ग्लोबल


अफगानिस्तानमा चिनियाँ नागरिकलाई निसाना बनाएर विस्फोट

अफगानिस्तानमा चिनियाँ नागरिकलाई निसाना बनाएर विस्फोट

नेपालखबर
माघ ६, २०८२ मंगलबार ७:२०, काठमाडौँ

सोमबार साँझ अफगानिस्तानको राजधानी काबुलको सहर-ए-नौ क्षेत्रमा विस्फोट भएको छ।

अफगानिस्तानको टोलो न्युजका अनुसार सुरक्षा स्रोतले सोमबार दिउँसो भएको आक्रमणमा चिनियाँ नागरिकहरूलाई लक्ष्य गरिएको पुष्टि गरेका छन्। आक्रमणमा मृत्यु हुने र घाइते हुनेको संख्या अझै स्पष्ट भइसकेको छैन।

काबुलको समसाद न्युजले गोल्फुरुसी स्ट्रिटमा विस्फोट भएको र चिनियाँ रेस्टुरेन्टलाई निसाना बनाइएको उल्लेख गरेको छ।

रिपोर्टमा भनिएको छ, 'प्रत्यक्षदर्शीहरूले समसाद न्युजसँग भनेका छन्श- विस्फोट एक चिनियाँ रेस्टुरेन्टमा भएको थियो, जसमा धेरै चिनियाँ र अफगानी नागरिक घाइते भएका छन्।'

काबुल प्रहरी कमान्डका प्रवक्ता खालिद जद्रानले पनि विस्फोटको पुष्टि गरेका छन्।

उनले एक्समा लेखेका छन्, 'सहर-ए-नौको गोल्फुरुसी स्ट्रिटमा रहेको एक होटलमा विस्फोट भएको छ, जसमा केही व्यक्ति घाइते भएका छन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad