इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले आफ्नो देशमा ३० वर्षदेखि जारी अमेरिकाको पकड तोडिएको दाबी गरेका छन्।
तीस वर्षभन्दा बढी समयदेखि इरानका स्रोत, तेल, राजनीति र सुरक्षा सबै कुरा नियन्त्रण गरिरहेको अमेरिका त्यो टुटेपछि फेरि प्राप्त गर्ने प्रयासमा रहेको टिप्पणी खामेनीले गरेका छन्।
उनलेे भनेका छन्, 'इरान यसविरुद्ध दृढतापूर्वक उभिएको छ। हालै भएको देशद्रोह अमेरिकी-यहुदी देशद्रोह थियो।'
उनले थप भनेका छन्, 'मलाई भनिएको थियो- अमेरिकी सीआईए र इजरायलको गुप्तचर एजेन्सी मोसादले आफ्ना सबै स्रोत जमिनमा तैनाथ गरे। तैपनि तिनीहरू असफल भए। यो देशद्रोहको षड्यन्त्र पर्दाफास भयो। यो विदेशबाट निर्देशित थियो।'
90
Shares

प्रतिक्रिया