ग्लोबल


एपस्टिन प्रकरणमा स्तब्ध पार्ने घटना खुलासा: शारीरिक सम्पर्ककै क्रममा मारिए २ महिला

एपस्टिन प्रकरणमा स्तब्ध पार्ने घटना खुलासा: शारीरिक सम्पर्ककै क्रममा मारिए २ महिला

हवाई उडानमा हुँदा एक नाबालिगलाई काखमा राखेको अवस्थामा जेफ्री एपस्टिन।


नेपालखबर
माघ २३, २०८२ शुक्रबार ९:५८, काठमाडौँ

जेफ्री एपस्टिन प्रकरणमा फेरि एकपटक गम्भीर र स्तब्ध पार्ने कुरा खुलासा भएका छन्।

अमेरिकाको न्याय विभागले हालै सार्वनजिक गरेको नयाँ फाइलमा कलिला किशोरी र महिलालाई गरिएका यौन हिंसाका कहाली लाग्दा घटना उल्लेख छन्। 

एउटा फाइलअनुसार, यौन सम्पर्कका क्रममा घाँटी थिचेर दुई विदेशी महिलाको ज्यान गएको थियो। त्यसपछि एपस्टिनका एक कर्मचारीले उनीहरूको शव न्यु मेक्सिको फार्महाउस ‘जोरो रान्च’मा गाडिदिएका थिए। 

अर्को फाइलअनुसार, एक किशोरीले ‘ह्युमन इन्क्युबेटर’ अर्थात् मानव अन्डा संरक्षण गर्ने मेसिनका रूपमा प्रयोग गरिएको दाबी गरेकी छन्।

सार्वजनिक इमेलअनुसार, किशोरी/युवतीहरूलाई जोरो रान्चमा लामो समयसम्म बन्धक बनाइयो र गर्भवती हुन बाध्य पारियो। अनि बच्चाहरू जन्मेपछि बेपत्ता पारियो। यस क्रममा एक युवतीले त आत्महत्याको प्रयाससमेत गरेकी थिइन्। 

यस्तो छ एपस्टिन प्रकरणको पूरा कथा

यो कथा सन् २००५ मा तब सुरु भयो जब फ्लोरिडामा एक १४ वर्षीया बालिकाकी आमाले प्रहरीमा जाहेरी दर्ता गरिन्।

जाहेरीमा उनले भनेकी थिइन्, मेरी छोरीलाई मसाजको बहानामा एपस्टिनको विलासी घरमा बोलाइयो र यौन सम्बन्ध राख्न दबाब दिइयो।

जाहेरीअनुसार घर फर्केपछि पीडित बालिकाले आफ्ना आमा-बाबुलाई यो कुरा सुनाइन्।

जेफ्री एपस्टिनविरुद्ध त्यो पहिलो आधिकारिक जाहेरी थियो।

तर प्रहरीले अनुसन्धान गर्ने क्रममा उनले यो मात्र नभएर यस्तै प्रकृतिका अन्य अपराध पनि गरेको कुरा खुल्यो।

बिस्तारै एपस्टिनविरुद्ध यस्तै आरोप लगाउने ५० जना नाबालिग पहिचान भए।

पामबिच प्रहरी विभागले यो विषयलाई गम्भीरतापूर्वक लिएर धेरै महिनासम्म अनुसन्धान गर्‍यो। यसपछि एपस्टिनविरुद्ध आपराधिक अनुसन्धान सुरु भयो।

अनुसन्धानले म्यानहट्टन र पामबिचमा एपस्टिनका विलासी आवास रहेको खुलासा भयो। जहाँ एपस्टिनले धेरै जना प्रमुख सेलेब्रिटी सहभागी गराई हाई-प्रोफाइल पार्टी आयोजना गर्थे। 

जुन पार्टीमा उनले कलिला किशोरीहरूलाई निजी जेट ‘लोलिता एक्सप्रेस’ चढाएर ल्याउँथे।

अनि पैसा र गहना वा धम्की दिएर उनीहरूलाई जबरजस्ती शारीरिक सम्बन्ध राख्न लगाउँथे। यस कार्यमा उनलाई प्रेमिका एवं पार्टनर गाइजलेन म्याक्सवेलले सहयोग गर्थिन्।  

आफ्नी प्रेमिकासँग जेफ्री एपस्टिन (फाइल फोटो)

यद्यपि दोषी ठहरिए पनि उनले लामो समय जेल बस्नु परेन। 

उनको प्रभाव यति थियो कि सन् २००८ मा उनलाई केवल १३ महिनाको सजाय त सुनाइयो यसमा पनि उनी जेल बाहिर काम गर्न पाउँथे।

को थिए जेफ्री एपस्टिन?

जेफ्री एपस्टिन न्युयोर्कका एक करोडपति फाइनान्सर थिए। उनको उठबस प्रमुख राजनीतिकर्मी र सेलेब्रिटीसँग हुन्थ्यो। 

उनीविरुद्ध सुरुमा सन् २००५ मा एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो। २००८ मा उनी दोषी ठहरिए र १३ महिना जेल सजाय भोगे।

यसपछि सन् २०१९ मा उनलाई यौन बेचबिखनको आरोपमा फेरि पक्राउ गयो। तर मुद्दा चलाउनुअघि नै उनले जेलमै आत्महत्या गरे।

उनको गर्लफ्रेन्ड म्याक्सवेललाई भने सन् २०२१ मा उनलाई सहयोग गरेको कसुरमा दोषी ठहर्‍याइएको थियो। उनी अहिले २० वर्षको जेल सजाय भोगिरहेकी छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad