भारतस्थित इरानका सर्वोच्च नेताका प्रतिनिधिले होर्मुज स्ट्रेटमा दुई भारतीय जहाजमा गोली हानिएको घटना आफूलाई थाहै नभएको दाबी गरेका छन्।
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका प्रतिनिधि डा. अब्दुल मजिद हाकिम इलाहीले समाचार एजेन्सी एएनआईसँग भनेका छन्, ‘इरान र भारतबिचको सम्बन्ध धेरै बलियो छ र मलाई यो घटनाबारे थाहा छैन। हामी आशा गर्छौं- सबै कुरा ठिक हुनेछ र यो मुद्दा समाधान हुनेछ।’
उनले अगाडि भनेका छन्, ‘हामी यो युद्ध चाहँदैनौँ। हामी शान्ति चाहन्छौँ र आशा गर्छौं- अर्को पक्षले पनि शान्तिको पालना गर्नेछ ताकि हाम्रो क्षेत्रमा शान्ति कायम रहोस्।’
बीबीसी फारसीका अनुसार ट्याङ्कर आवागमन निगरानी गर्ने वेबसाइट ट्याङ्करट्र्याकर्सले घटनाका क्रममा दुई भारतीय जहाजमा 'गोली पनि हानिएको' बताएको छ। 'च्यानल १६ बाट प्राप्त अडिओ रेकर्डिङ'का आधारमा ट्याङ्करट्र्याकर्सले आईआरजीसी नौसेनाले स्ट्रेटको पश्चिममा यात्रा गरिरहेका दुई भारतीय जहाजलाई पछि हट्न बाध्य पारेको हो।
बीबीसी भेरिफाइले स्ट्रेट पुन: खोल्ने क्रममा दुई भारतीय झण्डाधारी जहाजहरू कार्गो जहाज जग अर्नाभ र तेल ट्याङ्कर सन्मार हेराल्डलाई इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले आफ्नो लक्षित मार्गबाट हट्न आदेश दिएको जनाएको थियो।
समुद्री ट्र्याकिङ डेटाका अनुसार, जहाजहरू लाराक टापु पार गरेपछि सुस्त भए र त्यसपछि यू-टर्न लिएर फर्किए।
सानमार हेराल्ड डेटाले पनि ती जहाज तेलले भरिएका छन्। हालैको ट्र्याकिङ डेटाको आधारमा तेल इराकबाट ल्याइँदै गरिएको संकेत देखाएको छ।
भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार शनिबार साँझ नयाँ दिल्लीमा इरानी राजदूतलाई झिकाएर विदेश सचिवले बोलाएर घटनाबारे सोधपुछ गरेका छन्।
त्यस क्रममा विदेश सचिवले भारतीय जहाजमा गरिएको आक्रमणप्रति चिन्ता व्यक्त गर्दै इरानले भारत आउने जहाजलाई सुरक्षित आवागमन गर्न दिने भनेको स्मरण गराए।
विदेश सचिवले इरानी राजदूतलाई भने, ‘भारतको चिन्ता इरानी अधिकारीहरूलाई बुझाउनू र भारत आउने जहाजहरूलाई सुरक्षित रूपमा जान दिने प्रक्रिया सकेसम्म चाँडो पुनः सुरु गराउनू।’
Shares

प्रतिक्रिया