रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका एक नजिकका सहयोगीसँग सम्बन्धित लक्जरी जहाजले होर्मुज स्ट्रेट पार गरेको छ।
बीबीसीका अनुसार ४६५ फिट लामो नोर्ड भनिने यो विलासी जहाजले सबै देशका लागि बन्द हुँदाहुँदै पनि उक्त महत्त्वपूर्ण समुद्री मार्गबाट यात्रा गर्न पाएको हो।
उक्त जहाज अरबपति एलेक्सी मोर्डासोभसँग जोडिएको छ, उनीविरुद्ध कैयौँ प्रतिबन्ध लगाइएको छ।
पुटिनसँग मोर्डासोभको सम्बन्ध घनिष्ठ छ। यद्यपि उनलाई आधिकारिक रूपमा जहाजको मालिकका रूपमा किटान गरिएको छैन।
तर नोर्डको रेकर्डले जहाज २०२२ मा एलेक्सीको श्रीमतीको कम्पनीको नाममा दर्ता गरिएको देखाउँछ। नोर्डको मूल्य ५०० मिलियन डलरभन्दा बढी रहेको बताइएको छ।
सोमबार मात्र इरानका विदेशमन्त्री अब्बास अराघचीले रुसका पुटिनसँग भेटवार्ता गरेका थिए।
त्यस क्रममा अराघचीले युद्धले इरानका साथमा ‘रुसजस्ता महान् मित्र र सहयोगी’ छन् भनेर देखाएको बताएका थिए।
Shares

प्रतिक्रिया