ग्लोबल


इरान युद्धका विषयमा विवाद भएपछि जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका

इरान युद्धका विषयमा विवाद भएपछि जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका

जर्मनीमा ३५ हजार अमेरिकी सेना तैनाथ छन्। (फाइल फोटो)


नेपालखबर
बैशाख १९, २०८३ शनिबार १०:६, काठमाडौँ

इरान युद्धका विषयमा युरोपसँग मतभेद बढ्दै जाँदा अमेरिकाले जर्मनीबाट आफ्ना ५ हजार सेना फिर्ता गर्ने घोषणा गरेको छ। 

रोयटर्सका अनुसार जर्मन चान्सलर फ्रेडरिक मर्जसँग राष्ट्रपति डोनाल्ड ट्रम्पको विवाद भएपछि अमेरिकाको रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रबार नेटो सहयोगी जर्मनीबाट ५ हजार सेना फिर्ता बोलाउने निर्णय गरेको हो। 

सोमबार जर्मन चान्सलर फ्रेडरिक मर्जले भनेका थिए, ‘इरानीहरूले दुई महिना पुरानो युद्ध अन्त्य गर्न वार्तामा अमेरिकालाई अपमानित गरिरहेका छन्, वासिङ्टनले कस्तो निकास रणनीति अपनाइरहेको छ मैले बुझ्न सकिरहेको छैन।’

त्यसपछि रिसाएका ट्रम्पले जर्मनीबाट सेना फिर्ता बोलाउने चेतावनी दिएका थिए। 

नाम नछाप्ने सर्तमा पेन्टागनका एक वरिष्ठ अधिकारीले भने, ‘जर्मनीका हालैको अभिव्यक्ति गलत र वाहियात छ।’

‘राष्ट्रपतिले त्यो प्रतिउत्पादक टिप्पणीमा सही प्रतिक्रिया दिइरहेका छन्’, ती अधिकारीले थपे।

सेना फिर्ता आगामी ६ देखि १२ महिनासम्म पूरा हुने अपेक्षा गरिएको पेन्टागनले जनाएको छ।

जर्मनीमा अमेरिकी सेनाका झन्डै ३५ हजार कर्मचारी कार्यरत छन्, जुन संख्या युरोपका अन्य कुनै पनि ठाउँको भन्दा बढी हो।

ती अधिकारीका अनुसार ५ हजार सेना फिर्ताले युरोपमा अमेरिकी सेनाको स्तर लगभग २०२२ भन्दा अघिको जस्तो हुनेछ। अर्थात् रुसले युक्रेनमा आक्रमण गर्नुअघिको अवस्थामा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad