अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सेनाले इरानका सात साना जहाज डुबाइदिएको दाबी गरेका छन्।
उनका अनुसार ‘ती जहाजले होर्मुज स्ट्रेटबाट गुज्रने व्यापारी जहाजहरूमा आक्रमण गरिरहेका थिए।’
यस विषयमा इरानले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।
ट्रम्पले भनेका छन्, ‘इरानसँग केवल दुई विकल्प छन्: या त इमानदार सम्झौता गर या अर्को आक्रमणको सामना गर्न तयार होऊ।’
उनले इरानी सेनाले अमेरिकी जहाजमा हमला गरे तिनीहरू पृथ्वीबाटै गायब हुने चेतावनी दिएका छन्।
सोमबार अमेरिकाले होर्मुज स्ट्रेटनजिकै अपरेसन प्रोजेक्ट फ्रिडम सुरु गरेको बताएको छ।
यस अपरेसनअन्तर्गत उसले त्यहाँबाट गुज्रने व्यापारी जहाजहरूलाई सुरक्षा प्रदान गरिरहेको छ।
उता इरानले भने होर्मुज स्ट्रेटमा आफ्नो नियन्त्रण रहेको दाबी गर्दै अनुमतिबिना कुनै जहाजलाई जान नदिने भनिरहेको छ।
Shares

प्रतिक्रिया