आइतबार राति युक्रेनले रुसको राजधानी मस्कोमा ठुलो ड्रोन आक्रमण गरेको छ।
हमलामा तीन जनाको मृत्यु भएको रुसका अधिकारीहरूले बताएका छन्।
रुसको सरकारी समाचार एजेन्सी तासले यो आक्रमण एक वर्षयताकै सबैभन्दा ठुलो भएको उल्लेख गरेको छ।

यसैबिच हमलामा मारिएका ३ जनामध्ये एक जना भारतीय रहेको मस्कोस्थित भारतीय दूतावासले जनाएको छ।
युक्रेनले पनि आइतबार राति रुसमा आफूले आक्रमण गरेको पुष्टि गरेको छ।
युक्रेनले रातभर ५०० भन्दा बढी ड्रोन रुसमा प्रहार गरेको थियो।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले युक्रेनका सहरमा गरेको घातक आक्रमणको ‘जायज जवाफ’ दिइएको बताएका छन्।
रुसले हालै युक्रेनको राजधानी किएभमा ड्रोन र मिसाइलले भीषण आक्रमण गरेको थियो, जसमा २४ जनाको मृत्यु भएको थियो।
102
Shares

प्रतिक्रिया