ग्लोबल


खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबिच ऐतिहासिक सम्झौता

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबिच ऐतिहासिक सम्झौता

नेपालखबर
जेठ १२, २०८३ मंगलबार १४:३०, नयाँदिल्ली

भारत र संयुक्त राज्य अमेरिकाले मंगलबार महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्त्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतका विदेशमन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्त्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेका हुन्। 

क्वाड बैठकमा यो विषयमा पनि छलफल भएको कुरामा जोड दिँदै उनले यी स्रोत सुरक्षित गर्नु महत्त्वपूर्ण भएको उल्लेख गरे। 

सम्झौता महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वी जन्य आपूर्तिलाई सहज बनाउने उदेश्यले गरिएको जनाइएको छ।

उनका अनुसार सम्झौतामा खानी, प्रशोधन, प्रवर्द्धन र सम्बन्धित लगानी समावेश हुनेछ। यसले सरल र विविधीकृत आपूर्ति शृंखलालाई बलियो बनाउँदै सम्बन्धित मुलुकहरूलाई वित्त पोषणलगायतमा सहयोग गर्ने उनले बताए।

सम्झौतालाई वासिङ्टन र नयाँ दिल्लीबिचको साझेदारी सुदृढ पार्ने प्रमाणका रूपमा व्याख्या गर्दै जयशंकरले सम्झौता कार्यन्वयनमा केही चुनौती भए तापनि धेरै अवसर भएको बताए।

अमेरिकाका विदेशमन्त्री मार्को रुबियोले आफ्नो देशका लागि भारतको महत्त्वमा प्रकाश पार्दै सम्झौता एउटा ठोस उदाहरण भएको बताए।

उनले भारत र अमेरिकाले नवीन अर्थतन्त्रका लागि महत्त्वपूर्ण खनिज र आपूर्ति शृंखलामा भरपर्दो दीर्घकालीन पहुँच सुनिश्चित गर्न रणनीतिक चासोसहित सम्झौता भएको बताए।

सम्झौता महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्त्व उच्च इलेक्ट्रोनिक्स, ऊर्जा प्रविधि, रक्षा प्रणाली र विद्युतीय सवारीका लागि महत्त्वपूर्ण अवयव भएको भन्दै यसको आपूर्ति शृंखलालाई विविधीकरण गर्ने आपूर्तिकर्ताबिच निर्भरता कम गर्ने विश्वव्यापी प्रयासका क्रममा  आएको जनाइएको छ। (रासस/एएनआई)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad