ग्लोबल


इजरायल-इरान हानाहानपछि नेतन्याहुलाई ट्रम्पको फोन

इजरायल-इरान हानाहानपछि नेतन्याहुलाई ट्रम्पको फोन

नेपालखबर
जेठ २६, २०८३ मंगलबार ६:३१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबिच सोमबार फोनवार्ता भएको छ। 

दुई महिनाको युद्धविरामपछि आइतबार राति फेरि इजरायल र इरानले हानाहान गरेपछि दुई नेताबिच फोनमा कुराकानी भएको हो।

ह्वाइट हाउसका एक अधिकारीले बीबीसीलाई बताएअनुसार दुई राष्ट्रप्रमुखले इरान-इजरायल गोलाबारीबारे छलफल गरेका थिए।

यद्यपि थप विवरण दिइएन।

यसअघि इजरायलको च्यानल १२ न्युजले इजरायलले इरानमा आक्रमण रोक्ने रिपोर्ट गरेको थियो। इजरायलका एक वरिष्ठ अधिकारीले आक्रमण रोक्ने निर्णय ट्रम्पको अनुरोधमा गरिएको बताएका थिए।

उल्लेखनीय छ- ट्रम्पले सोमबार इरान र इजरायल तत्काल युद्धविराम चाहेको दाबी गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad