ग्लोबल


जनरल धीरज सेठ बने भारतको नयाँ सेना प्रमुख

जनरल धीरज सेठ बने भारतको नयाँ सेना प्रमुख

नेपालखबर
असार १६, २०८३ मंगलबार १९:९, काठमाडौँ

जनरल धीरज सेठ भारतको नयाँ सेना प्रमुख बनेका छन्। 

उनले आज (जुन ३० तारिख) भारतको नयाँ सेना प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

उनी भारतको ३१औँ सेना प्रमुख बनेका छन्।

४० वर्षभन्दा बढी समय भारतीय सेनामा सेवा गरेपछि अवकाश प्राप्त जनरल उपेन्द्र द्विवेदीको स्थानमा जनरल सेठ आएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार जनरल सेठ राष्ट्रिय रक्षा एकेडेमी (एनडीए), खडकवासलाका पूर्वछात्र हुन्। उनी डिसेम्बर १९८६ मा आर्मर्ड कोर्प्समा कमिसन भएका थिए।

सेना प्रमुख हुनुअघि उनले उपसेना प्रमुखका रूपमा पनि काम गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad