ग्लोबल


मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ

नेपालखबर
असार १६, २०८३ मंगलबार १३:५८, काठमाडौँ

मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित अवैध सट्टेबाजी र अनलाइन जुवा गतिविधिविरुद्ध सुरु गरिएको राष्ट्रव्यापी अपरेसनमा ३३१ जनालाई पक्राउ गरिएको त्यहाँका अधिकारीहरूले बताएका छन्। 

उनीहरूबाट लगभग ३५ हजार अमेरिकी डलर नगद जफत गरिएको तथा ६ लाख ४० हजार अमेरिकी डलरभन्दा बढीको सट्टेबाजी लेनदेनको पर्दाफास भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले विज्ञप्तिमार्फत जनाएका छन्। 

मलेसियन कम्युनिकेसन एन्ड मल्टिमेडिया कमिसन (एमसीएमसी) को सहकार्यमा गत जुन ११ मा सुरु भई जुलाई १९ सम्म जारी रहने अपरेसनले देशव्यापी रूपमा २९३ वटा छापा मारी वेबसाइट र सामाजिक सञ्जालमार्फत जुवासम्बन्धी विज्ञापन र प्रचार गतिविधिको निगरानी गरिएको उनले उल्लेख गरेका छन्।

उनका अनुसार अधिकारीहरूले १८५ वटा वेबसाइट, विभिन्न अनलाइन प्लाटफर्म र सामाजिक सञ्जालका खाता फुटबल सट्टेबाजी र जुवा प्रचारका लागि प्रयोग भइरहेको पहिचान गरेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad