जापानका प्रधानमन्त्री साने ताकाइची बुधबार साँझ भारत आइपुगेकी छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार उनी तीनदिने औपचारिक भ्रमणका लागि बुधबार साँझ नयाँ दिल्ली आइपुगेकी हुन्।
ताकाइचीले जुलाई २ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग १६औँ भारत-जापान वार्षिक शिखर सम्मेलनमा भाग लिनेछिन्। यस क्रममा दुई नेताले भारत-जापान विशेष रणनीतिक र विश्वव्यापी साझेदारीको समीक्षा गर्नेछन्।
बैठक आर्थिक सुरक्षा, बलियो आपूर्ति शृङ्खला, अर्धचालक, कृत्रिम बुद्धिमत्ता (एआई), रक्षा, समुद्री सुरक्षा, लगानी र महत्त्वपूर्ण खनिजजस्ता विषयमा सहयोग बढाउन केन्द्रित हुनेछ।
ताकाइचीले भारत-जापान व्यापार मञ्चमा पनि भाग लिनेछन्, जसमा १५० भन्दा बढी जापानी उद्योगपति सहभागी हुनेछन्।
दुई देशबिच लगानी र व्यापार साझेदारी बढाउने विषयमा छलफल केन्द्रित हुनेछ।
Shares

प्रतिक्रिया