ग्लोबल


अमेरिकाका उपराष्ट्रपति: जन्मसिद्ध नागरिकता कायम राख्ने सर्वोच्चको निर्णय ‘निराशाजनक’

अमेरिकाका उपराष्ट्रपति: जन्मसिद्ध नागरिकता कायम राख्ने सर्वोच्चको निर्णय ‘निराशाजनक’

नेपालखबर
असार १७, २०८३ बुधबार ११:१८, काठमाडौँ

अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले जन्मसिद्ध नागरिकता (बर्थराइट सिटिजनसिप) कायम राख्ने सर्वोच्च अदालतको निर्णय ‘अत्यन्तै निराशाजनक’ भएको बताएका छन्। 

फक्स न्युजको कार्यक्रममा उनले यस विषयमा ट्रम्प प्रशासनले सबै कानुनी विकल्प अपनाउने पनि बताए।

उनले भने, अमेरिकी आप्रवासन नीतिलाई परिमार्जन गर्न ह्वाइट हाउसको प्रयास जारी छ।

सर्वोच्च अदालतको यो निर्णयलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासमा ठुलो कानुनी धक्का मानिएको छ।

मंगलबार अमेरिकाको सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकताको अधिकार सीमित गर्ने ट्रम्पको आदेशलाई खारेज गरेको हो। 

राष्ट्रपति ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिनमै अवैध रूपमा वा अस्थायी रूपमा अमेरिकामा बस्ने आमाबाबुबाट जन्मेका सन्तान स्वत: अमेरिकी नागरिक नहुने आदेश जारी गरेका थिए। 

ट्रम्पको यो आदेशलाई सुरुमा तल्ला अदालतले रोक लगाएका थिए।

उक्त निर्णयविरुद्ध ट्रम्प प्रशासनले सर्वोच्च अदालतमा अपिल गरेको थियो। 

तर सर्वोच्च अदालतले पनि जन्मसिद्ध नागरिकता प्रदान गरिनुपर्ने पक्षमा निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad