जोर्डनमा रहेको अमेरिकी सैन्य अड्डामा इरानीले आक्रमण गर्दा दुई अमेरिकी सैनिकको मृत्यु भएको र एक जना बेपत्ता भएको अमेरिकी सेनाले शुक्रबार पुष्टि गरेको छ।
अमेरिकी सेनाको विज्ञप्तिअनुसार इरानले ब्यालिस्टिक क्षेप्यास्त्र र ड्रोनबाट आक्रमण गरेको थियो।
आक्रमणका क्रममा अमेरिकी र सहयोगी सेनाहरूले प्रतिकार गरिरहेका थिए।
युद्ध सुरु भएदेखि प्रत्यक्ष इरानी आक्रमणमा अमेरिकी सैनिकको यो पहिलो मृत्यु हो।
सेनाले आक्रमणमा घाइते भएका चार सैनिकलाई जोर्डनका अस्पतालमा उपचार गरिएको बताएको छ।
मृतक सैनिकहरूको पहिचान अहिले जारी गरिएको छैन।
384
Shares

प्रतिक्रिया