अर्बपति व्यापारी इलोन मस्क अहिले चीनको राजधानी बेइजिङमा छन्।
बीबीसीका अनुसार मस्कले ड्राइभिङ डेटा विश्वव्यापी प्रयोगका लागि उपलब्ध गराउन चिनियाँ अधिकारीहरूलाई मनाउन प्रयास गर्नेछन्।
इलोन मस्कको इलेक्ट्रिक कार निर्माता टेस्लाले चीनमा स्थानीय रूपमा ड्राइभिङ डेटा सङ्कलन गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार टेस्ला यो डेटा विश्वव्यापी रूपमा उपलब्ध गराउन चाहन्छ र यसलाई आफ्नो स्वचालित कारको अल्गोरिदम तालिम दिन प्रयोग गर्न सक्छ।
विश्लेषकहरूका अनुसार चीनमा ड्राइभिङको जटिल अवस्थाले स्वचालित सवारीसाधनहरूको अल्गोरिदमलाई प्रशिक्षण दिन महत्त्वपूर्ण साबित हुन सक्छ।
तर इलोन मस्कले यस्तो समयमा चीनबाट डेटा मागेका छन्, जतिबेला अमेरिकी सरकारले टिकटकको मूल कम्पनी बाइटडान्सलाई टिकटक बेच्न दबाब दिइरहेको छ।
अमेरिकी सरकारले टिकटकमार्फत अमेरिकी जनताको व्यक्तिगत जानकारी चीनले प्रयोग गर्न सक्ने आशंका व्यक्त गरेको छ।
विश्वको सबैभन्दा ठूलो कार उत्पादक कम्पनी टेस्लाले अहिले प्रतिस्पर्धाको सामना गरिरहेको छ।
रिपोर्टका अनुसार टेस्लाले आफ्ना कूल कर्मचारीमध्ये १० प्रतिशत घटाउने भएको छ। यसको एउटा कारण सवारीसाधनको बिक्री कम हुनु पनि मानिन्छ।
Shares
प्रतिक्रिया