ग्लोबल


लोकतन्त्रको नाममा राज्य ध्वस्त पार्न खोजेको भन्दै कुबेती राजाले गरे संसद् विघटन

लोकतन्त्रको नाममा राज्य ध्वस्त पार्न खोजेको भन्दै कुबेती राजाले गरे संसद् विघटन

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १९:४८,

कुवेतका आमिरले संसद् विघटन गरेका छन्। सांसदहरुले राजाको शक्ति कमजोर तुल्याएको र राज्यका संस्थाहरुमा भ्रष्टाचार फैल्याएको भन्दै उनले  चुनावको केही सातापछि नै यस्तो कदम चालेका हुन्।

शेख मिसाल अल अहमद अल जाबेर अल सबाहले शुक्रबार लोकतान्त्रिक प्रक्रियालाई पूर्ण रुपमा परिमार्जन गरिने र संविधानका निश्चित धाराहरुलाई निलम्बन गरिने शुक्रबार बताए। यो व्यवस्था चार वर्षसम्म रहनसक्ने उनको भनाइ छ। 

शेख मिसालले गत वर्ष गद्दी सम्हालेका थिए। सांसदहरुले युवराज छान्नेलगायतका राजाको अधिकार मिचेको आरोप उनले लगाएका छन्। 

‘दुर्भाग्यवश हामीले अकल्पनीय र असहनीय कठिनाइ भोग्नुपरेको छ,’ ८३ वर्षीय राजाले भनेका छन्, ‘मुलुकको उद्धार, राष्ट्रिय स्वार्थको रक्षा र मुलुकको स्रोतको संरक्षणका लागि कठिन कदम चाल्नुका अलावा हामीलाई कुनै विकल्प छाडिएन।’

‘लोकतन्त्रको दुरुपयोग गरेर राज्य ध्वस्त पार्ने अनुमति म दिने छैन,’ उनले भनेका छन्।

कुवेतमा राजाले नै मन्त्री नियुक्त गर्छन्। जसमा महत्वपूर्ण पदमा राजपरिवारकै सदस्य हुन्छन्। तर, मुलुकको ५० सदस्यीय संसद जनताले प्रत्यक्ष मतदानबाट चुन्छन्। संसदले मन्त्रीहरुबाट जवाफ खोजेर सरकारलाई बारम्बार निराश बनाउने गरेको छ। अनेक पटक संसद् विघटन भइसकेको छ।

चार वर्षमा चौथो पटक चुनाव भएपछि मंगलबार संसदको पहिलो बैठक बस्ने तय थियो।  

कुबेत मध्यपूर्वको चौथो ठूलो कच्चा तेल निर्यातकर्ता हो। तर, साउदी अरब र इराकबीचको यो सानो मुलुक तेलबाट प्राप्त पैसालाई मुलुकको विकासमा लगाउन असफल हुँदै आएको छ। यसमा आंशिक रुपमा राजपरिवार र संसदको खिचातानी जिम्मेवार छ। संसदले सरकारलाई ऋण लिन र राज्यकोषको रकम घटाउन रोक लगाएको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad