ग्लोबल


फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो

फिलिपिन्समा शक्तिशाली भूकम्प: मृतकको संख्या १५ पुग्यो

नेपालखबर
जेठ २५, २०८३ सोमबार १५:३९, काठमाडौँ

फिलिपिन्समा सोमबार बिहान गएको ७.८ म्याग्निच्युडको भूकम्पका कारण मृत्यु भएकाको संख्या १५ पुगेको त्यहाँको नागरिक रक्षा कार्यालयले जनाएको छ। 

स्थानीय नागरिक रक्षा कार्यालयका निर्देशक रोड्रिगो सोस्मेनाका अनुसार भूकम्पका कारण सोक्स्सार्गेन क्षेत्रमा १५ जनाको मृत्यु भएको हो। यो क्षेत्र दक्षिण कोटाबाटो, सुल्तान कुदारात, सारंगानी र जनरल सान्तोस सिटीसहित चार प्रान्त र एउटा सहरमा फैलिएको छ।

उनले थपे, ‘यस क्षेत्रमा कम्तीमा १२९ जना घाइते भएका छन्।’

फिलिपिन्स ज्वालामुखी तथा भूकम्प विज्ञान संस्थानका अनुसार मिन्डानाओका छवटा क्षेत्रमा सुनामी छाल रेकर्ड गरिएको छ। सबैभन्दा उच्च छाल १.४ मिटर (४.६ फिट) को थियो।

दक्षिणी तटमा गएको ७.८ म्याग्निच्युडको भूकम्पपछि स्थानीय समयअनुसार बिहान ११ बजे १३८ वटा परकम्प गएको संस्थानले जनाएको छ। यी परकम्प १.३ देखि ६.७ म्याग्निच्युडसम्मका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad