ग्लोबल


७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत

७ वर्षपछि उत्तर कोरिया पुगे सी, किमले गरे भव्य स्वागत

नेपालखबर
जेठ २५, २०८३ सोमबार १५:२५,

सात वर्षपछि उत्तर कोरिया पुगेका चिनियाँ राष्ट्रपति सी चिनफिङको भव्य स्वागत गरिएको छ। विमानस्थलमा सी र उनकी पत्नी पेङ ल्युआनको स्वागत गर्न किम जोङ उन र उनकी पत्नी रि सोल जु पुगेका थिए। 

सीको कारकेड परेडमा पुग्नासाथ २१ तोपको सलामी दिइएको थियो। 

त्यसपछि सी दम्पतीलाई कुमसुसान स्टेट गेस्ट हाउसमा लगिएको थियो।

चोकचोकमा हजारौँ उत्तर कोरियाली जनता र बालबालिका झण्डा हल्लाउँदै उपस्थित भएका छन्। 

सीले दुई मुलुकको सम्बन्ध नयाँ ऐतिहासिक विन्दुमा पुगेको बताएका छन्।

गत वर्ष रेल चढेर किम बेइजिङ पुग्दा काइ ची र वाङ यीले उनको स्वागत गरेका थिए।

हालै सीले बेइजिङमा एक साताको फरकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गरेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad